प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता जारी

Picture of हरियो पाटी

हरियो पाटी

518
SHARES
710
VIEWS

बैशाख २७काठमाडौं – सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

आज दिउँसो उनीहरूबीच छलफल भएको हो। ‘उहाँहरूबीच छलफल जारी छ,’ प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतले भन्यो।

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।

भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत पक्राउ परेका बेला नेताहरूबीच भेटवार्ता भएको हो।

पछिल्लो समय प्रधानमन्त्री प्रचण्डसँग देउवा र ओलीले भेटवार्तालाई तीव्रता दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित