फिल्म देखाउन’ प्रधानमन्त्री प्रचण्डलाई ओलीको चुनौती

Picture of हरियो पाटी

हरियो पाटी

519
SHARES
711
VIEWS

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि खनिएका छन्।

सोमबार राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै ओलीले पूर्वी नेपालमा आफूमाथि भएको ढुंगामुढा र नक्कली भुटानी शरणार्थी प्रकरणबारे प्रधानमन्त्री प्रचण्डको चर्को आलोचना गरेका हुन्।

‘मलाई पूर्वमा ढुंगामुढा भयो। प्रचण्डजीले फोन गर्नुभयो। आफ्नै स्वार्थका कुरा गर्नुभयो तर तपाईंमाथि आक्रमण भएछ है भनेर सहानुभूति पनि देखाउनु भएन, त्यसबारे एक शब्द पनि बोल्नुभएन,’ ओली भने,‘शेरबहादुरजीले पनि फोन गर्नुभयो। उहाँले बरू तपाईंमाथि त्यस्तो भएछ है। त्यस्तो नहुनु पर्ने। सरकारले यस्ता कुरामा ध्यान दिनुपर्छ भन्नुभयो।’

पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री प्रचण्डले हिरोइज्म देखाएको र स्टन्टबाजी गर्न खोजेको ओलीले आरोप लगाए।

अस्ति मलाई उहाँले भेट्न बोलाउनुभयो। भेटेपछि मिडियामा आएर भन्नुभयो- प्रधानमन्त्रीलाई भ्रष्टाचारीलाई छुटाउनु पर्छ भनेर कसले दबाब दिन सक्छ। मानौं कि मैले उहाँलाई दबाब दिएको थिएँ जसरी,’ ‌ओलीले भने,‘त्यसपछि पार्टी कार्यालयमा जाँदा उहाँलाई कार्यकर्ताले दुबोको माला लगाइदिए। बेहुलोजस्तो बनेर उहाँले भन्नुभयो- यो त ट्रेलरमात्र हो, फिलिम देखाउन बाँकी छ।’

ओलीले प्रधानमन्त्री प्रचण्डलाई फिल्म देखाउन पनि चुनौती दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित