समूह विजेता बन्दै नेपाल फाइनलमा

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
706
VIEWS

काठमाडौं – नेपाल समूह विजेता बन्दै एसिसी प्रिमियर कपको फाइनल प्रवेश गरेको छ। वर्षाका कारण खेल रद्द हुँदा ४२ ओभरमा छोट्याइएको थियो।

दोस्रो इनिङको ८.३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन जोडेर कुवेतले ब्याटिङ गरिरहँदा पुनः वर्षा भयो। लामो समयसम्म वर्षा नरोकिएपछि समूह विजेताका आधारमा नेपाल विजयी भएको हो।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा दुई सय ८१ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेल एक्लैले ९४ रनको योगदान गरे। ९५ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे।

यसैगरी, कुशल मल्ल ५७, कुशल भुर्तेल ४३, आसिफ शेख ३१ र  आरिफ शेखले १९ रनको योगदान गर्दा सोमपाल कामी १३ रन जोडेर नटआउट रहे।

कुवेतका मोहम्मद अस्लाम र अदनान इद्रिसले समान तीन–तीन विकेट लिँदा यासिन पाटेल र सायिद मोनिबले एक–एक विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित