सिराहामा घुस सहित एकजना प्रहरी अख्तियारको फन्दामा

Picture of हरियो पाटी

हरियो पाटी

519
SHARES
711
VIEWS

सिराहा १ बैशाख  । सिराहामा नौ हजार घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले एकजना प्रहरीलाई पक्राउ गरेको छ । मुदा मिलाईदिने भन्दै ईलाका प्रहरी कार्यालय मिर्चैया मुदा शाखाका प्रहरी सहायक निरिक्षक (असैई) सचिन यादबलाई शुक्रबार कार्यालय वाहिर सेवाग्राहीसंग नौ हजार घुस रकम लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका प्र.स.निरिक्षक यादबले मिर्चैयाकै दुईजना सेवाग्राही मध्यये एउटासंग मुदामासहज बनाइदिने भन्दै ९ हजार नगद रकम र अर्का सेवाग्राहीसंग मुदादर्ता नगर्न दुइलाख रकमको माग गरेको अडियोको आधारमा पक्राउ गरेका छन् ।

घुस रकम सहित पक्राउ परेका यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आवश्यक प्रकृया पुरा गरी थप अनुसन्धानको लागी बर्दिबास लागिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित