गोलबजारमा व्यवसाय नभएका प्रकाश साह उद्योग वाणिज्य संघको कोषाध्यक्षका उम्मेदवार,

Picture of हरियो पाटी

हरियो पाटी

522
SHARES
715
VIEWS

गोलबजार । सिरहाको गोलबजार उद्योग व्यापार संघको आगामी निर्वाचनमा कोषाध्यक्ष पदका उम्मेदवार बनेका प्रकाश साहको व्यावसायिक संलग्नतालाई लिएर स्थानीय व्यापारीबीच चर्चा सुरु भएको छ।

गोलबजारमा घर भए पनि साहले धनगढीमाई नगरपालिकाको धनगढी बजारमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका छन्। गोलबजारमा उनको आफ्नै कुनै व्यावसायिक प्रतिष्ठान सञ्चालनमा नरहेको स्थानीय व्यापारीहरूको दाबी छ।

गोलबजारका व्यापारीहरूको समस्या, व्यवसायिक हकहित र बजार व्यवस्थापनका विषयमा काम गर्नुपर्ने उद्योग व्यापार संघको महत्वपूर्ण पदमा उम्मेदवारी दिएका साहले स्थानीय व्यापारीका समस्या कसरी समाधान गर्लान् भन्ने प्रश्नसमेत उठ्न थालेको छ।

स्थानीय व्यापारीहरूका अनुसार साह अधिकांश समय धनगढी बजारस्थित आफ्नै सुन पसलमा बिताउने गर्छन्। गोलबजारका व्यापारीलाई व्यवसायसम्बन्धी कुनै समस्या वा गुनासो राख्नुपरे धनगढी बजारसम्म पुग्नुपर्ने अवस्था आउने हो कि भन्ने चासो पनि व्यक्त गरिएको छ।
साहले भने गोलबजारस्थित आफ्नो घरमा सानो किराना पसल रहेको र उक्त पसलमा आफ्नी आमा बस्ने गरेको स्वीकार गरेका छन्।

राकेश गुप्ता नेतृत्वको प्यानलबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका साहको व्यावसायिक संलग्नता र गोलबजारका व्यापारीसँगको सम्बन्ध अहिले चुनावी चर्चाको विषय बनेको छ।

स्थानीय व्यापारीहरूको अपेक्षा छ—संघको नेतृत्वमा पुग्ने उम्मेदवारले व्यक्तिगत व्यवसायभन्दा माथि उठेर गोलबजारका सम्पूर्ण व्यापारीको समस्या, हकहित र व्यवसाय प्रवर्द्धनलाई प्राथमिकता दिन सक्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित