१ करोड ६७ लाख नगदसहित ३ जना पक्राउ

Picture of हरियो पाटी

हरियो पाटी

511
SHARES
700
VIEWS

काठमाडौँ। प्रहरीले ललितपुर महानगरपालिका–२ स्थित नख्खुबाट १ करोड ६७ लाख नगद बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले मंगलबार दिउँसो स्रोत नखुलेको नगद बरामद गरेको हो ।

नगदसहित ३ जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा भोजपुरको भोजपुर नगरपालिका–३ घर भएका ३० वर्षीय दीपक खड्का, ललितपुरको गोदावरी नगरपालिका–१० घर भएका ३२ वर्षीय जयराम केसी र काठमाडौँको बानेश्वर घर भएका प्रज्वल रिजाल छन् ।

Laxmi sunrise bank

बागमती प्रदेश–०१–०२७ च २७६५ नम्बरको भ्यानमा रकम लिएर हिँडिरहेको अवस्थामा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरू पशुपतिनाथ पराग सप्लायर्समा कार्यरत रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सो कम्पनीका सञ्चालक भगवान शाह हुन् ।

Shivam Cement

आरोपीहरूले रकमको स्रोत खुलाउन सकेका छैनन् । उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित