खुट्टी खोला प्रवेशद्वारबाट मेयर महेश चौधरीको तस्बिरसहितको ब्यानर हटाइयो, स्थानीयद्वारा नाराबाजी

Picture of हरियो पाटी

हरियो पाटी

531
SHARES
728
VIEWS

लहान, सिरहा । सिरहाको लहानस्थित खुट्टी खोलामा निर्माण गरिएको छठ घाटको प्रवेशद्वारमा राखिएको लहान नगरपालिकाका मेयर महेश चौधरीको तस्बिरसहितको ब्यानर स्थानीयवासीले हटाएका छन्। ब्यानर हटाउने क्रममा आक्रोशित स्थानीयले मेयर चौधरीविरुद्ध नाराबाजीसमेत गरेका छन्।

स्थानीयका अनुसार खुट्टी खोलामा छठ घाट निर्माण तथा व्यवस्थापनमा लहान नगरपालिका र मेयर महेश चौधरीको कुनै सहयोग नरहेको अवस्थामा प्रवेशद्वारमा मेयरको तस्बिरसहितको ब्यानर राखेर व्यक्तिगत प्रचारप्रसार गर्न खोजिएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन्।

खुट्टी खोलामा छठ घाट निर्माण तथा व्यवस्थापनमा स्थानीय समुदायको महत्त्वपूर्ण योगदान रहेको दाबी गर्दै स्थानीयले सामुदायिक प्रयासबाट सम्पन्न भएको कामको जस व्यक्तिगत रूपमा लिन खोजिएको आरोप लगाएका छन्। यही असन्तुष्टिका कारण ब्यानर हटाइएको उनीहरूको भनाइ छ।

सामुदायिक संरचना तथा सार्वजनिक स्थलमा व्यक्तिगत प्रचारप्रसार गर्नु उचित नभएको भन्दै स्थानीयले यस्तो कार्य तत्काल रोक्न मेयर चौधरीलाई चेतावनीसमेत दिएका छन्।
स्थानीयको आरोपअनुसार मेयर चौधरी पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न कार्यक्रम तथा गतिविधिका तस्बिर सार्वजनिक गर्दै व्यक्तिगत प्रचारप्रसारमा केन्द्रित देखिएका छन्।

यस विषयमा मेयर महेश चौधरीको प्रतिक्रिया लिन टेलिफोन सम्पर्क गर्ने प्रयास गर्दा उनको मोबाइल फोन बन्द रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित