गोलबजार व्यापार संघको निर्वाचनमा महेश साह ‘कोकबा’को प्यानल बलियो, दुई ठूला शक्तिको समर्थन

Picture of हरियो पाटी

हरियो पाटी

557
SHARES
763
VIEWS

सिरहा । आगामी मंसिर ४ गते हुने गोलबजार व्यापार संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार महेश साह सुडी (कोकबा) नेतृत्वको प्यानल बलियो देखिएको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेपाली काग्रेस नेकपा एमाले जसपा लगायतका राजनीतिक शक्ति तथा व्यवसायीहरूको समर्थनसहित चुनावी मैदानमा उत्रिएको कोकबा नेतृत्वको प्यानलले निर्वाचनलाई थप प्रतिस्पर्धात्मक बनाएको छ।

अग्रज व्यवसायीसमेत रहेका महेश साह सुडी (कोकबा) ले पदाधिकारीसहित प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन्। अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थनमा राकेश गुप्ता नेतृत्वको प्यानल पनि चुनावी प्रतिस्पर्धामा उत्रिएको छ। दुई प्यानलबीच मुख्य प्रतिस्पर्धा हुने देखिए पनि अध्यक्ष पदमा अन्य दुई व्यवसायीले समेत उम्मेदवारी दिएका छन्।
गोलबजारका व्यवसायी सुशीलकुमार अग्रवाल ‘शिलु’ र त्रिदेवकुमार साहले स्वतन्त्र रूपमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। यसले अध्यक्ष पदको प्रतिस्पर्धालाई चारपक्षीय बनाएको छ।
निर्वाचन अधिकृत सुरेश साहका अनुसार अध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव एक, कोषाध्यक्ष एक, सचिव एक र सदस्य नौ गरी कुल १५ पदका लागि ३३ जनाले उम्मेदवारी दिएका छन्।
प्रथम उपाध्यक्षमा रामप्रमोद यादव र आनन्दकुमार यादव, उपाध्यक्षमा मोहम्मद सदाम खान र ओमप्रकाश साह, महासचिवमा अरविन्दकुमार सिंह र वीरेन्द्र सिंहले उम्मेदवारी दिएका छन्। त्यसैगरी कोषाध्यक्षमा कपिलदेव साह र प्रकाश साह तथा सचिवमा अमरकुमार मण्डल र टेकलाल नायक चुनावी प्रतिस्पर्धामा छन्। नौ सदस्य पदका लागि १९ जनाको उम्मेदवारी परेको छ।

महिला सहभागिता कमजोर
निर्वाचनमा महिला सहभागिता भने कमजोर देखिएको छ। अध्यक्षसहित प्रमुख पदाधिकारीका ६ पदमा कुनै पनि महिलाले उम्मेदवारी दिएका छैनन्। सदस्य पदका लागि भने चार महिलाले उम्मेदवारी दर्ता गराएका छन्।
व्यापार संघको नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा महेश साह ‘कोकबा’ र राकेश गुप्ता नेतृत्वका प्यानलबीचको प्रतिस्पर्धालाई विशेष चासोका साथ हेरिएको छ। राजनीतिक दलको समर्थन, व्यवसायीबीचको सम्बन्ध र उम्मेदवारहरूको व्यक्तिगत प्रभावले निर्वाचनको परिणाम निर्धारण गर्ने देखिन्छ।
आगामी मंसिर ४ गते हुने निर्वाचनले गोलबजारका व्यवसायीहरूको आगामी नेतृत्व कसको हातमा पुग्ने भन्ने टुंगो लगाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित