तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

Picture of हरियो पाटी

हरियो पाटी

517
SHARES
708
VIEWS

काठमाडौं : नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । पहिलो दिन आज नयाँ गरगहना, सुनचाँदीका सिक्का तथा धातुका भाँडाकुँडा किनेर घरमा ल्याई पूजा गर्ने परम्पराअनुसार धनतेरस मनाइँदै छ ।

सामान्यतया पाँच दिन मनाइने तिहार यसपटक तिथिको घटबढका कारण ६ दिनको भएको छ । चन्द्रमासअनुसार यो पर्व कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म मनाइन्छ ।

आज सूर्योदयका बेला द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी सुरु हुने भएकाले धनतेरस आज मनाउन लागिएको पण्डित नारायणप्रसाद दुलालले बताए । उनका अनुसार आज बिहान ११ बजेर १० मिनेटमा सुरु हुने त्रयोदशी तिथि भोलि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ ।

त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने भोलि शनिबार परेको छ । आइतबार बिहान चतुर्दशी तिथिमा कुकुरपूजा र सोही दिन साँझ लक्ष्मीपूजा गरिनेछ भने कात्तिक २५ गते भाइटीका परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित