गोलबजारका युवाहरूद्वारा कमलदहमा वृक्षरोपण, संरक्षणको अभावमा सौन्दर्य हराउँदै

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
701
VIEWS

सिरहा । गोलबजारका युवाहरूले मिर्चैया नगरपालिका क्षेत्रमा रहेको धार्मिक तथा पर्यटकीय स्थल कमलदह परिसरमा वृक्षरोपण गरेका छन्। बिनय यादवको अगुवाइमा युवाहरूले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा पर्यटकीय स्थलको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले वृक्षरोपण गरेका हुन्।

धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको कमलदह क्षेत्रलाई स्वच्छ, हराभरा र आकर्षक बनाउने उद्देश्यले युवाहरूले गरेको यस पहललाई सकारात्मक रूपमा हेरिएको छ। सार्वजनिक स्थलको संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न युवाहरूको सक्रिय सहभागिताले समाजमा राम्रो सन्देश प्रवाह गरेको छ।

तर, उचित संरक्षण र व्यवस्थापनको अभावमा कमलदहको प्राकृतिक सुन्दरता क्रमशः हराउँदै गएको छ। धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको संरक्षण, सरसफाइ र सौन्दर्यकरणमा सम्बन्धित निकायले पर्याप्त ध्यान दिन नसकेको अवस्थामा युवाहरूले थालेको वृक्षरोपण अभियानले संरक्षणको आवश्यकतालाई समेत उजागर गरेको छ।

कमलदहको दीर्घकालीन संरक्षणका लागि वृक्षरोपणसँगै रोपिएका बिरुवाको नियमित हेरचाह, सरसफाइ तथा व्यवस्थित पूर्वाधार विकासमा पनि ध्यान दिन आवश्यक रहेको यादवले बताए । स्थानीय युवाहरूको पहललाई निरन्तरता दिँदै सम्बन्धित निकाय र समुदायले सहकार्य गर्न सके कमलदहलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने युवाहरूको तर्क छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित