काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड प्रयोगकर्तालाई लक्षित गर्दै किनमेलमा १० प्रतिशत क्यासब्याक योजना सार्वजनिक गरेको छ ।
बैंकका अनुसार सेल्सबेरीमा किनमेल गरी ग्लोबल स्काई क्लब कार्ड, भिसा डेबिट/क्रेडिट कार्ड वा एससीटी डेबिट कार्डमार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् । उक्त योजनाअन्तर्गत ग्राहकले अधिकतम २०० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।
बैंकले ग्राहकलाई डिजिटल भुक्तानीतर्फ प्रोत्साहित गर्दै किनमेललाई थप लाभदायी बनाउने उद्देश्यले यस्तो योजना ल्याएको जनाएको छ ।
यस योजनाबाट ग्राहकले सेल्सबेरीमा किनमेल गर्दा बैंकका योग्य कार्डमार्फत भुक्तानी गरी क्यासब्याकको लाभ लिन सक्नेछन् ।


















Discussion about this post