धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
706
VIEWS

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–९, ज्यामिरघाटमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते भएका छन्।

प्रहरीका अनुसार स्थानीय सरस्वती खड्काको घरमा कोठा भाडामा लिएर बस्दै आएका काभ्रेको ढुंखर्क गाउँपालिका–९ निवासी ५३ वर्षीय कान्छा परियारका छोराहरू २६ वर्षीय जंगे परियार र २४ वर्षीय रामचन्द्र परियार घाइते भएका हुन्।

उनीहरूले त्रिशूली नदी किनारमा फेला पारेको शंकास्पद वस्तु घरमा ल्याएका थिए। उक्त वस्तु फुटाउने क्रममा अचानक विस्फोट हुँदा दुवै जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते दुवैलाई उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल पठाइएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ जोगिमारा प्रहरी चौकीबाट असई अजयप्रसाद कुर्मीको कमान्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। थप अनुसन्धानका लागि डीएसपी सुरज कार्कीको नेतृत्वमा नौ सदस्यीय प्रहरी टोलीसमेत परिचालन गरिएको छ।

त्रिशूली नदी किनारमा उक्त शंकास्पद वस्तु कसरी आइपुग्यो भन्ने विषयमा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित