बलिउड अभिनेता टाइगर श्राफलाई गोली प्रहार गर्ने समूहका पाँच जना पक्राउ

Picture of हरियो पाटी

हरियो पाटी

522
SHARES
715
VIEWS

काठमाडाैँ। बलिउड अभिनेता टाइगर श्राफलाई गोली प्रहार गरेको आरोपमा प्रहरीले हालसम्म पाँच जनालाई पक्राउ गरेको छ ।

राजस्थान प्रहरीको ‘एन्टी ग्याङस्टार टास्क फोर्स’ (एजीटीएफ) र कोटा प्रहरीले संयुक्त कारबाही गर्दै सोमबार तीन जना आरोपीलाई कोटा रेलवे स्टेशनबाट गिरफ्तार गरेको हो ।

प्रारम्भिक जानकारी अनुसार यी तीनै जना मुम्बईबाट दिल्ली जाँदै गरेको रेलमा चढेका थिए । उनीहरूलाई दिल्ली जाँदै गरेको अवस्थामा कोटामा पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्ये दुई जना हरियाणा र एक जना महाराष्ट्रका बासिन्दा रहेको बताइएको छ । यी तीनै जना अभिनेता श्राफलाई गोली चलाउने समूहका प्रमुख सदस्य रहेको प्रहरीको भनाइ छ ।

यसैबिच अर्का एक जनालाई महाराष्ट्र–गुजरात सीमाबाट सोमबार नै पक्राउ गरिएको छ । अर्का एक जना भने आइतबार नै पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित