मनोज मानवको बन्दीप्रत्यक्षीकरण रिट खारेज

Picture of हरियो पाटी

हरियो पाटी

518
SHARES
709
VIEWS

सिरहा  १५ असोज । साइबर अपराधसहितका मुद्दामा पक्राउ परेका सिरहाका मनोज मानव भनिने मनोजकुमार महतोले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट उच्च अदालत जनकपुर, राजविराज इजलासले खारेज गरेको छ।

मनोजकुमार महतोले आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय सिरहा समेत तीन जनालाई विपक्षी बनाई बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

उक्त रिटमाथि उच्च अदालत जनकपुरको राजविराज इजलास नम्बर २ मा सुनुवाइ भएको थियो। न्यायाधीशद्वय रामबहादुर थापा र काजीबहादुर राईको संयुक्त इजलासले रिट खारेज गर्ने फैसला गरेको अदालतको दैनिक पेसी सूचीमा उल्लेख छ।

अदालतको अभिलेखअनुसार उक्त मुद्दा बन्दीप्रत्यक्षीकरण  रिटमा मनोज मानव भनिने मनोजकुमार महतो निवेदक तथा जिल्ला प्रहरी कार्यालय सिरहा समेत तीन जना विपक्षी रहेका छन्।

रिट खारेज भएसँगै महतोले आफूलाई थुनामुक्त गर्न माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदन अदालतबाट अस्वीकार भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित