गोलबजारका किसानका लागि आएको सरकारी अनुदानको मल निजी गोदाममा,

Picture of हरियो पाटी

हरियो पाटी

548
SHARES
750
VIEWS

गोलबजार । किसानका लागि सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल अवैध रूपमा खरिद गरी निजी गोदाममा राखेर महँगो मूल्यमा बिक्री गर्ने गरिएको पाईएको छ ।

सिरहाको गोलबजार नगरपालिका–६ स्थित कुसवाहा बीज भण्डारका सञ्चालक बिनोद सिंहले किसानका लागि आएको अनुदानित रासायनिक अबैध तरिकाले खरिद गरी आफ्नै घरमा रहेको गोदाममा राख्ने गरेको स्थानीयले बताएका छन ।

स्थानीयका अनुसार गोलबजार–६ स्थित सिंहको घरमा रहेको गोदाममा ठूलो परिमाणमा रासायनिक मल राखिएको छ। उक्त मल किसानलाई रु. २ हजारदेखि २ हजार ५ सयसम्म मूल्यमा बिक्री गर्ने गरिएको एक किसानले बताएका छन्।

नाम नबताउने सर्तमा ती किसानले भने, “सहकारीमा मलखाद छैन भनेर फर्काइन्छ। बाध्य भएर अग्रोभेटबाट महँगो मूल्यमा मल किन्नुपरेको छ।”

किसानका लागि सरकारले अनुदानमा उपलब्ध गराउने मल तोकिएको प्रणाली र वितरण प्रक्रियाबाट मात्र बिक्री हुनुपर्ने भए पनि निजी गोदाममा राखेर महँगो मूल्यमा बिक्री गरिएको भए त्यसबारे सम्बन्धित निकायले छानबिन गर्नुपर्ने बताए ।

स्थानीयले सिंहको गोदाममा रहेको मलको स्रोत, खरिद प्रक्रिया, भण्डारण तथा बिक्री मूल्यबारे सम्बन्धित कृषि तथा प्रशासनिक निकायले तत्काल अनुगमन  गर्न माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित