गोलबजारमा कर्फ्यू हटाइयो,सामान्य बन्दै जनजीवन

Picture of हरियो पाटी

हरियो पाटी

520
SHARES
713
VIEWS

सिरहा – सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा जारी कर्फ्यू आदेश हटाइएको छ। जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणपछि जिल्ला प्रशासन कार्यालय सिरहाले आइतबार राति ७ बजेदेखि लागू हुने गरी कर्फ्यू हटाएको हो।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम लगाइएको कर्फ्यू सुरक्षा अवस्था सुधार हुँदै गएपछि हटाइएको जनाइएको छ।सुनसरीमा भएको घटनापछि उत्पन्न तनावका कारण गोलबजार क्षेत्रमा आन्दोलन चर्किएको थियो।

आन्दोलनका क्रममा प्रहरीसँग भएको झडपमा सिरहाको औरही गाउँपालिका-२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको गोली लागेर मृत्यु भएपछि अवस्था थप तनावग्रस्त बनेको थियो। त्यसपछि शान्ति-सुरक्षा कायम गर्न प्रशासनले गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो।

प्रशासनले सुरक्षा अवस्थाको मूल्याङ्कन गर्दै चरणबद्ध रूपमा केही घण्टाका लागि कर्फ्यू खुकुलो बनाएको थियो। बजार-पसल सञ्चालन हुन थाले, सर्वदलीय तथा सर्वपक्षीय छलफलहरू भए र स्थानीय तह, सुरक्षा निकाय तथा समुदायका प्रतिनिधिहरूको पहलमा सामाजिक सद्भाव कायम राख्ने प्रयास तीव्र बनाइएको छ।

पछिल्लो समय बजार पसल, यातायात र दैनिक जनजीवन क्रमश सामान्य बन्दै गएपछि प्रशासनले कर्फ्यू पूर्ण रूपमा हटाउने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यू हटाइए पनि कानुनको पालना गर्न, सामाजिक सद्भाव कायम राख्न तथा कुनै पनि अफवाहको पछि नलाग्न सबै सरोकारवालासँग आग्रह गरेको छ। सिरहाकाे प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित