सिरहा, ७ साउन। आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा कार्यालयबाटै पक्राउ परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले उनलाई सेवाग्राहिसँग घुसलिंदै गरेको अवस्थामा कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो।
सेवाग्राहीसँग काम सहज गरिदिने भन्दै घुस माँगगरेको घुसरकमसहित अधिकृत पाललाई नियन्त्रणमा लिएको र अहिले घटनास्थल मुचुल्का उठाउने कार्य भईरहेको आयोग बर्दिवास कार्यालयको सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए। उनले अहिले मुचुल्का उठाउने कार्यभईरहेकाले विस्तृत विवरण आउन बाँकी रहेको बताए।
यता स्रोतका अनुसार सिरहा सुपर मार्केट प्रा.लि.को आर्थिक वर्ष २०७८÷७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्दा बुझाउनु पर्ने करमा मिलाउनु पर्ने भन्दै अतिरिक्त रकम माँग गरेका थिए। पालले माथिल्ला अधिकृत प्रकाश राई सहित अन्य व्यक्तिलाई समेत मिलाउनुपर्ने भन्दै ५ लाख रुपैयाँ घुस मागेका थिए।
घुस दिएपछि मात्र अडिट प्रक्रिया अगाडि बढाइने भन्दै कम्पनीसँग आवश्यक सम्पूर्ण कागजात पेश गराइएको छ। अडिटका क्रममा कार्यालयले कर, जरिवाना तथा अन्य शीर्षकमा करिब २ करोड रुपैयाँसम्म दायित्व पर्ने भन्दै चोरबाटोबाट सहुलियत गर्न समिने भन्दै घुस माँग गरिएको स्रोतको दावी छ।
काम अघि नबढेपछि कम्पनी तयार भएपछि घुस बुझ्ने योजनाअनुसार कम्पनीका प्रतिनिधिलाई बुधबार दिउँसो १ बजेदेखि २ बजेसम्म प्रतिक्षामा राखिएको थियो। साँझ ६ः५६ बजे पालले फोन गरी आफू गोलबजार क्षेत्रमा रहेको जानकारी दिएका थिए। त्यसपछि पुनः सम्पर्क गर्दै सोही दिन नभई भोलिपल्ट बिहान ९ देखि १० बजेको बीचमा भेट्ने भन्दै एक बिचौलियाको नम्बर पठाएका थिए।
बिचौलियाले आफू बाहिर रहेको भन्दै आफ्ना भाइमार्फत रकम बुझाउन आग्रह गरेपछि अन्ततः पालले रकम आज कार्यालयमै ल्याउन भनेका थिए।


















Discussion about this post