नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको २ किलो अफिमसहित दुई नेपाली र एक भारतीय पक्राउ

Picture of हरियो पाटी

हरियो पाटी

522
SHARES
715
VIEWS

रौतहट । बारासँग सीमा जोडिएको नेपाल–भारत सीमामा २ किलो अफिमसहित दुई नेपाली नागरिक र एक भारतीय नागरिक पक्राउ परेका छन्।

सशस्त्र सीमा बल (एसएसबी) ७१ बटालियनको गोप्य सूचनाका आधारमा शनिबार अपरान्ह एसएसबीको कोरैया क्याम्प, ७१ बटालियन मोतिहारी र महुआवा प्रहरीको संयुक्त टोलीले भारतको पूर्वी चम्पारणस्थित सीमा स्तम्भ नम्बर ३८१ नजिक संयुक्त अपरेसन सञ्चालन गरेको थियो। उक्त स्थान नेपाल–भारत सीमाबाट करिब १५० मिटर भारतीय भूभागभित्र पर्छ।

संयुक्त टोलीले नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको अवस्थामा २ किलो (प्याकिङसहित) अफिमजस्तो देखिने पदार्थ र एउटा हिरो होन्डा मोटरसाइकलसहित दुई नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा नेपालको बारा जिल्लाको लंगडा चोक निवासी ४० वर्षीय दिनेश राम र सोही स्थानका ४१ वर्षीय सोना लाल पासवान रहेको एसएसबि मुख्यालय पिपराकोठी का सहायक कमान्डेन्ट बिश्वजित तिवारीले बताएका छन्।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त तस्करीमा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, जितना थाना क्षेत्रअन्तर्गत भवनीपुर गाउँ निवासी ४० वर्षीय लालबाबु सिंहको समेत संलग्नता खुलेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ।

बरामद अफिम, मोटरसाइकल तथा पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी कारबाहीका लागि महुआवा प्रहरीको जिम्मा लगाईएको एसएसबीका प्रवक्ता बिनित कुमार सिंहले जानकारी दिएका छन्।

घटनाबारे थप अनुसन्धान जारी रहेको र नयाँ विवरण प्राप्त भएलगत्तै सार्वजनिक गरिने एसएसबीले जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित