पक्राउ पर्नेमा म.प्र. ०५–००१ प ११०६ नम्बरको मोटरसाइकल चालक सर्लाहीको रामनगर गाउँपालिका–३ का २८ वर्षीय गुडु कुमार यादव र सोही ठाउँका २४ वर्षीय रुपेश कुमार यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो।
उनीहरूको साथबाट १ हजार दरका २ हजार ५०० थान, ५ सयका १ हजार ३०० थान र १०० का ५०० थान गरी ३२ लाख रुपैयाँ बरामद भएको हो।
उक्त रकम, मोटरसाइकल र दुवै व्यक्तिलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याई थप अनुसन्धान भइरहेको छ।
















Discussion about this post