हेल्पिङ हार्टको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न,५१२ जनाले लिए सेवा

Picture of हरियो पाटी

हरियो पाटी

526
SHARES
720
VIEWS

सिरहा– सिरहाको गोलबजार नगरपालिका- ४ स्थित काेविड अस्पतालमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। हेल्पिङ ह्यान्डको आर्थिक सहयोगमा तथा हेल्पिङ हार्ट नेपालद्वारा आयोजना गरीएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा महिला तथा पुरुषगरी जम्मा ५ सय १२ जनाले स्वास्थ्य परीक्षण गराएको हो।

स्वास्थ्य शिविरमा विभिन्न उमेर समूहका ५ सय १२ जना सेवाग्राहीले लाभ लिएका छन्। शिविरमा विशेष गरी महिलाको स्वास्थ्य परीक्षण, ओपीडी सेवा, विशेषज्ञ डाक्टरको परामर्श, मधुमेह तथा रक्तचाप जाँच, निःशुल्क औषधि वितरण लगायतका सेवा प्रदान गरिएको संस्थाका महासचिव मेराज खानले जनाएका छन।

गाँउ स्तरमै स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्दै समुदायलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको खानलेबताए। उनले भने, ‘स्वास्थ्यजस्तो महत्वपूर्ण विषयमा नगरवासीको पहुँच सुनिश्चित गर्न यस्ता कार्यक्रम गरेको बताए।

यसले नगरभरीका जेष्ठ नागरिक, विपन्न परिवार लगायतले लाभ लिएका छन्। उनले भने हेल्पिङ हार्ट नेपालद्वारा आयोजना गरिएको थियो, जसमा विरामीहरुलाई औषधीपनि निःशुल्क उपलब्ध गराइएको छ।’

शिविरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ मिर्चैया अस्पतालमा कार्यरत डाक्टर सरिका गोइत डाक्टर पंकज साह र डेन्टल तर्फ जायेद अहमद सहित ३ विशेषज्ञ र १२ जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियोे ।

शिविरमा ६७ जना मोतियाबिन्दु भएका बिरामी भेटीएका छन उनिहरुलाइ लहान स्थित सागरमाथा चौधरी अँखा अस्पताल लहानमा निःशुल्क अप्रेसन गराइने आयोजकले जनाएको छ । शिविरमा विभिन्न स्थानीय समाजसेवी र स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। गाँउमै प्राथमिक उपचार गराउन पाउँदा स्थानीयवासीहरु हर्षित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित