गोलबजारमा बढ्दै अवैध डेन्टल क्लिनिक

Picture of हरियो पाटी

हरियो पाटी

523
SHARES
717
VIEWS

सिरहा – जिल्लाको गोलबजार क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेका डेन्टल क्लिनिकहरूको संख्या बढ्दै गएको पाइएको छ। स्थानीयका अनुसार यस्ता क्लिनिकहरूले सर्वसाधारणको स्वास्थ्यसँग प्रत्यक्ष खेलबाड गरिरहेका छन्।

गोलबजार नगरपालिका-४ मा सडक छेउमै ठूलो होर्डिङ बोर्ड राखेर सेवा दिँदै आएको “नुर डेन्टल क्लिनिक” अवैध रूपमा सञ्चालन भइरहेको क्लिनिकमध्ये एक उदाहरणका रूपमा स्थानीयले औंल्याएका छन्। सेवा ग्राहकलाई आकर्षित गर्न विभिन्न प्रचार माध्यम प्रयोग गरिए क्लिनिकले आवश्यक कानुनी प्रक्रिया पूरा नगरेको नगरपालिका स्वास्थ शाखाले जनाएको छ।

गोलबजार नगरपालिका स्वास्थ शाखा प्रमुख सरोज कर्णका अनुसार गोलबजार क्षेत्रमा करिब एक दर्जनभन्दा बढी डेन्टल क्लिनिकहरू बिना अनुमति सञ्चालनमा रहेका छन्। स्थानीय  बासीका अनुसार यस्ता क्लिनिकहरू स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका केही नेता तथा सम्बन्धित निकायको संरक्षणमा चलिरहेको आरोप समेत लागिरहेको छ।

उक्त क्लिनिकका सञ्चालकले आफू कम्पनीमा दर्ता भएको दाबी गर्दै थप दर्ता आवश्यक नरहेको बताएका छन्। “हामी स्थानीय र प्रदेश कोहो जान्दिन प्रती कृया दिदै कम्पनीमा दर्ता छ, त्यसैले अन्य दर्ता आवश्यक छैन,” उनले भने।तर स्वास्थ्यसम्बन्धी कानुनले भने यसलाई मान्यता दिँदैन।

कानुनी प्रावधान के भन्छ?
नेपालमा स्वास्थ्य संस्था सञ्चालन गर्न स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड २०७७ तथा नेपाल स्वास्थ्य सेवा ऐन २०५३ अनुसार अनिवार्य रूपमा सम्बन्धित निकायबाट अनुमति लिनुपर्छ।
कुनै पनि स्वास्थ्य संस्था सञ्चालन गर्न स्थानीय तह (नगरपालिका) बाट सिफारिस तथा अनुमति आवश्यक हुन्छ।
त्यसपछि प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय वा सम्बन्धित निकायमा दर्ता हुनुपर्छ।
क्लिनिक सञ्चालन गर्न योग्य दर्ता प्राप्त दन्त चिकित्सक (BDS वा सो सरह) अनिवार्य हुनुपर्छ।
उपकरण, सरसफाइ, फोहोर व्यवस्थापन र बिरामी सुरक्षाका मापदण्ड पालना गर्नुपर्छ।
यी प्रक्रिया पूरा नगरी सञ्चालन गरिएका क्लिनिकहरू अवैध मानिन्छन् र त्यस्ता संस्थामाथि कारबाही, जरिवाना वा बन्दसम्म गर्न सकिने कानुनी व्यवस्था छ।
स्थानीयवासीले यस्ता अवैध क्लिनिकहरूले सस्तो सेवा दिने नाममा गलत उपचार, असुरक्षित उपकरण प्रयोग तथा संक्रमणको जोखिम बढाइरहेको आरोप लगाएका छन्। “स्वास्थ्यसँग खेलबाड भइरहेको छ, सम्बन्धित निकायले अनुगमन गरेर तत्काल कारबाही गर्नुपर्छ, ।
गोलबजार क्षेत्रमा बढ्दै गएका यस्ता क्लिनिकहरूलाई नियन्त्रण गर्न स्थानीय सरकार, स्वास्थ्य कार्यालय तथा सम्बन्धित निकाय मैन देखिएको नगर बासीको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित