सिरहामा मोटरसाइकलको ठक्करबाट ५ वर्षकी बालिकाको मृत्यु

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
702
VIEWS

वैशाख १०/ सिरहा । सिरहामा मोटरसाइकलको ठक्करबाट ५ वर्षकी एक बालिकाको मृत्यु भएको छ । सिरहा चोहर्वा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका ३ खैरिया टोलमा भएको सवारी दुर्घटनामा स्थानीय मोहम्मद देलालकी ५ वर्षीया छोरी खजिजा खातुनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार  सदरमुकाम सिरहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्र.२-०१-००३७६९६  नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट पैदल आउदै गरेकी खातुनलाई ठक्कर दिएको थियो ।

मोटर साइकलको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई तत्काल उपचारका लागि गोलबजारस्थित बर्धमान अस्पताल लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।

दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी रमेश बहादुर पालको जनाएको छ ।मोटरसाइकल भने प्रहरीको नियन्त्रणमा लिएको छ ।
खातुनको शव पोस्टमाडमकाे लागि प्रादेशिक अस्पताल सिरहामा लगिएको जिल्ला प्रहरीकार्यलय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित