जापानको उत्तरी तटमा शक्तिशाली भूकम्प

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
702
VIEWS

टोकियो । जापानको उत्तरी तटीय क्षेत्र नजिकै सोमबार ७ दशमलव ५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि जापान मौसम विज्ञान एजेन्सीले प्रभावित क्षेत्रमा सुनामी चेतावनी जारी गरेको छ ।

भूकम्प स्थानीय समयअनुसार साँझ करिब ४ः ५३ बजे सानरिकु तट नजिकै गएको बताइएको छ ।  यसको केन्द्र समुद्र सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको प्रारम्भिक जानकारीमा उल्लेख छ ।

सरकारी समाचार संस्था एनएचकेले करिब ३ मिटर (१० फिट)सम्मको सुनामी आउन सक्ने चेतावनी दिएको थियो । आओमोरी प्रिफेक्चरबाट ३१ माइल पर सुनामीको लहर देखिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित