सिरहा, फागुन २३ । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ४ सिरहाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तपेश्वर यादव विजयी भएका छन्।
निर्वाचनको अन्तिम परिणामअनुसार यादवले ३६ हजार २१० मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका अजय शंकर नायक ले ७ हजार ९७२ मत मात्र प्राप्त गरेका छन्। यादवले ठूलो मतान्तरले जित हात पारेका हुन्। यस निर्वाचनमा चार जना पूर्वमन्त्रीसमेत पराजित भएका छन्।
जनमत पार्टीका बिरेन्द्र प्रसाद महतो ले ५ हजार ४१ मत, नेकपा (एमाले) का धर्मनाथ प्रसाद साह ले ४ हजार २२७ मत, नेपाली कांग्रेसकी चन्द्रकला कुमारी यादव ले ४ हजार ६१ मत तथा जनता समाजवादी पार्टीका राजकिशोर यादव ले ३ हजार ४८४ मत प्राप्त गरेका छन्। पराजित बिरेन्द्र प्रसाद महतो, धर्मनाथ प्रसाद साह राजकिशोर यादव र अजय शंकर नायक नेपाल सरकारको पूर्वमन्त्री हुन ।
वि.सं. २०४९ सालमा जन्मिएका तपेश्वर यादव राजनीतिमा सक्रिय हुनु अघि मिर्चैया नगरपालिकामा इन्जिनियर कर्मचारीको रूपमा कार्यरत थिए। उनले नेशनल इन्जिनियर एसोसिएसन नेपाल स्थापना गर्दै सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रियता देखाएका थिए। सोही अनुभवका आधारमा उनले राजनीतिमा प्रवेश गरेका हुन्।


















Discussion about this post