सिरहा–४ मा चार पूर्व मन्त्रीलाई पछि पार्दै रास्वपाका तपेश्वर यादव अग्रतामा

Picture of हरियो पाटी

हरियो पाटी

531
SHARES
727
VIEWS

सिरहा, २२ फागुन। सिरहा निर्वाचन क्षेत्र नम्बर–४ मा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तपेश्वर यादवले अग्रता कायम गरेका छन्।
९४६ मत गणना हुँदा रास्वपाका उम्मेदवार तपेश्वर यादवले ४९४ मत प्राप्त गरेका छन्।
यस्तै, नेपाली काँग्रेसकी चन्द्रकला कुमारी यादवले १०६ मत, जनता समाजवादी पार्टीका राजकिशोर यादवले १४७ मत, नेकपाका अजयशंकर नायकले ४१ मत, नेकपा एमालेका धर्मनाथ साहले ४३ मत तथा विरेन्द्र महतोले ३६ मत प्राप्त गरेका छन्।
प्रारम्भिक मतपरिणाममा रास्वपाका तपेश्वर यादवले चार पूर्व मन्त्रीहरूलाई पछि पार्दै अग्रता लिएका हुन्। मतगणना भने अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित