१८ फागुन। सिरहामा बस र मोटरसाइकल एक आपसमा ठोकींदा दुई युवकको मृत्यु भएको छ। दुर्घटनामा एक किशोर गम्भीर घाइते भएका प्रहरीले जनाएको छन्।
सिरहाकाे पूर्व-पश्चिम लोकराजमार्ग अन्तर्गत गोलबजार नगरापलिका ३ जमनटोकी नजीक आईतबार राती राती यात्रुवहाक बस र मोटरसाइकल एक आपसमा ठोकिंदा सिरहाकाे धनगढीमाई नगरपालिका ८ कसहाका ३७ वर्षिय सन्तोष महतो र २० वर्षिय अमन रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको हो। दुर्घटनामा परी स्थानीय १७ वर्षिय धिरज मण्डल गम्भीर घाइते भएका छन्।
गोलबजारबाट पूर्वतर्फ आउँदै गरेको स. ५ प. ४७५९ नम्वरको मोटरसाइकल र धरानबाट भैरहवा तर्फ जाँदै गरेको लु. २ ख १०८५ नम्वरको बस एक आपसमा ठोकिएर घाइते भएका उनीहरुको स्थानीय स्वास्थ्यसंस्थामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुधन केसीले जानकारी दिए। उनीहरु तीनै जना एउटै मोटरसाइकलमा सवार थिए।
घाइते मण्डलको विराटनगरमा उपचार भईरहेको छ। शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रदेशिक अस्पतालमा राखिएको छ। भन्ने बस र चालक ईलाका प्रहरी कार्यलय गोलबजारको नियन्त्रणमा रहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।
















Discussion about this post