सिरहा-३ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका घरदैलो अभियान तीव्र

Picture of हरियो पाटी

हरियो पाटी

534
SHARES
731
VIEWS

सिरहा, – प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सिरहा निर्वाचन क्षेत्र नम्बर-३ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार पुजन सिंह घरदैलो अभियानमा सक्रिय रूपमा जुटेका छन्।

उम्मेदवार सिंह यतिबेला क्षेत्रका विभिन्न गाउँ तथा बस्तीमा पुग्दै मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जनताका समस्या, सुझाव तथा अपेक्षा बुझिरहेका छन्। घरदैलो अभियान अन्तर्गत उनी प्रत्येक घर-घरमा पुगेर आफ्नो चुनावी एजेण्डा प्रस्तुत गर्नुका साथै विकास, सुशासन र जनसेवालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन्।पुजन सिंह सिरहाको गोलबजार नगरपालिका-६ का स्थायी बासिन्दा हुन्। स्थानीय स्तरमै रहेर सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका सिंहले जनताको साथ र समर्थन प्राप्त भइरहेको बताएका छन्।
अभियानका क्रममा स्थानीयवासीले सडक, शिक्षा, स्वास्थ्य, रोजगार लगायतका विषय उठान गरेको र ती समस्याको समाधानका लागि आफू प्रतिबद्ध रहेको उनले बताएका छन्।

प्रगतिशील लोकतान्त्रिक पार्टीले सिरहा–३ मा चुनावी अभियानलाई थप तीव्र बनाउँदै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित