गोलबजार नगरपालिकाद्वारा सुत्र प्रणाली सम्बन्धी तीन दिने तालिम सम्पन्न

Picture of हरियो पाटी

हरियो पाटी

581
SHARES
796
VIEWS

सिरहा – गोलबजार नगरपालिकाले सुत्र प्रणाली सम्बन्धी तीन दिने तालिम सम्पन्न गरेको छ। फागुन ४ गतेदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम फागुन आज समापन भएको हो।

तालिमको मुख्य उद्देश्य नगरपालिकाको राजस्व संकलन, लेखा व्यवस्थापन तथा आर्थिक कारोबार प्रक्रियालाई थप चुस्त, दुरुस्त र पारदर्शी बनाउनु रहेको जनाइएको छ।

नगरपालिकाका राजस्व शाखा प्रमुख रामवृक्ष महतोका अनुसार, तालिमले कर्मचारीहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्नुका साथै सुत्र प्रणालीको प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ। “सुत्र प्रणालीको पूर्ण र सही प्रयोगले स्थानीय तहको वित्तीय अनुशासन मजबुत बनाउनेछ, जसबाट सेवा प्रवाहमा गुणात्मक सुधार आउने अपेक्षा गरेका छ,” उनले बताए।

तालिममा नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूलाई सुत्र प्रणालीका प्रमुख पक्षहरू-राजस्व शीर्षक सेटिङ, वार्षिक सेटअप, डेटा प्रविष्टि, प्रतिवेदन तयारी, बैंक सम्बन्धी कार्यविधि, करदाता पोर्टलको प्रयोग तथा अनुगमन प्रक्रिया-बारे विस्तृत प्रशिक्षण दिइएको थियो।

नगरपालिकाले यस्ता क्षमता विकासका कार्यक्रमहरूले प्रशासनिक दक्षता बढाउनुका साथै नागरिकलाई सहज, छिटो र विश्वसनीय सेवा प्रदान गर्न सहयोग पुगेको सहभागी हरुले बताए काछन ।

गोलबजार नगरपालिकाले भविष्यमा पनि सूचना प्रविधिमा आधारित यस्तै तालिम तथा सुधार कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको गोलबजार नगरपालिकाका राजस्व शाखा प्रमुख रामवृक्ष महतोले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित