गोली प्रहारबाट पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर यादवको मृत्यु

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
701
VIEWS
जनकपुरधाम । सर्लाहीको मलंगवामा गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मृत्यु भएको छ।

जिल्लाको सर्लाही पूर्वाधार विकास कार्यालय अन्तर्गत कार्यरत यादवमाथि शुक्रवार साँझ करिब ८ बजेतिर गोली प्रहार भएको प्रहरीले जनाएको छ। घटना मलंगवा नगरपालिका-१० क्षेत्रमा भएको बताइएको छ।

गोली लागेपछि गम्भीर घाइते भएका यादवलाई उपचारका लागि मलंगवा अस्पताल पुर्‍याइएको थियो। अस्पताल स्रोतका अनुसार उनको मुटुको नजिक गोली लागेको र उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईका अनुसार अज्ञात समूहले गोली प्रहार गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाए को छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित