सिरहा- निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट गोलबजारका युवा नेता पुजन सिहले मनोनयन दर्ता गराएका छन्। सिहले सदरमुकाम सिरहास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका सिह युवामाझ लोकप्रिय तथा अब्बल र अनुभवी नेताका रूपमा सिरहामा परिचित छन्। उनी सिरहाको गोलबजार नगरपालिका–६ का स्थायी बासिन्दा हुन्।
सिहको उम्मेदवारी दर्तासँगै सिरहा–३ को निर्वाचन प्रतिस्पर्धा थप रोचक बनेको छ। यस क्षेत्रलाई राजनीतिक रूपमा संवेदनशील र प्रतिस्पर्धात्मक मानिँदै आएको छ।
यसअघि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा सक्रिय रहेका सिह जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आवद्ध भएका हुन्। उनी विद्यार्थी कालदेखि नै विभिन्न जनआन्दोलन, राजनीतिक अभियान तथा भूमिगत संघर्षमा संलग्न हुँदै सक्रिय राजनीतिमा प्रवेश गरेका नेता हुन्।
सिहले सामाजिक न्याय, सुशासन, युवाको सशक्तिकरण र समावेशी विकासलाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनाएको बताएका छन्। स्थानीय स्तरमै रहेर जनताका समस्या समाधानमा सक्रिय रहँदै आएका कारण आफ्नो उम्मेदवारीलाई जनताले सकारात्मक रूपमा लिने विश्वास उनले व्यक्त गरेका छन्।


















Discussion about this post