गोलबजार नगरपालिकाद्वारा अति विपन्न तथा जेष्ठ नागरिकलाई फाइबर सिरक

Picture of हरियो पाटी

हरियो पाटी

534
SHARES
731
VIEWS

गोलबजार तराई–मधेश क्षेत्रमा केही दिनदेखि लगातार चलेको चिसो हावा, हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भइरहेका बेला सिरहाको गोलबजार नगरपालिकाले अति विपन्न, असहाय जेष्ठ नागरिक तथा एकल महिलालाई लक्षित गर्दै घर–घरमै पुगेर न्यानो कपडा वितरण अभियान सुरु गरेको छ।

गोलबजार नगरपालिका वडा नम्बर ५ ले बिहीबार शीतलहरबाट प्रभावित वृद्ध–वृद्धा तथा अति विपन्न एकल महिला परिवारलाई फाइबरका सिरक वितरण गरेको हो। अत्यधिक चिसोका कारण जोखिममा परेका लाई राहत पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष बालकृष्ण गौतमले जनाएको छ।

कार्यक्रममाका मुख्य अतिथि गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठले चिसो मौसमका कारण नागरिकको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै नगरपालिकाले राहत कार्यक्रम अघि बढाएको बताए।
नगर प्रमुख श्रेष्ठले भने, “चिसो मौसममा विपन्न, वृद्ध तथा असहाय नागरिक सबैभन्दा बढी प्रभावित हुन्छन्। नगरपालिकाले उनीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक सहयोग निरन्तर रूपमा गर्दै जाने बताए ।

वडा अध्यक्ष बालकृष्ण गौतमले वडाभित्र रहेका अति विपन्न तथा जेष्ठ नागरिकलाई चिसोबाट जोगाउने उद्देश्यले फाइबर सिरक वितरण गरिएको जानकारी दिए। उनका अनुसार आगामी दिनमा पनि यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिइनेछ।

वडा अध्यक्ष गौतमले वडाभित्र करिब २सय पचास जना नागरिकलाई फाइबर सिरक वितरण गर्ने योजना रहेको समेत उल्लेख गरे।
चिसो मौसममा राहत सामग्री वितरण अत्यन्त आवश्यक रहेको बताउँदै स्थानीय जनप्रतिनिधिहरूले कम्बल तथा न्यानो कपडा वितरणले वृद्ध तथा असहाय नागरिकको दैनिकीमा  सहजता ल्याउने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित