धोतीलाई राष्ट्रिय पोशाकको मान्यता दिनुपर्ने माँगगर्दै गोलबजामा प्रदर्शन

Picture of हरियो पाटी

हरियो पाटी

538
SHARES
737
VIEWS

सिरहा, १७ पुस। धोती कुर्तालाई राष्ट्रिय पोशाकको रुपमा मान्यता दिनुपर्ने माँगगर्दै जनमत पार्टीले आज गोलबजारमा ‘राष्ट्रिय धोति दिवस’को अवसरमा धोती सहित र्याली प्रदर्शन गरेका छन्। मधेशमा बसोवास गर्ने ठूलो हिस्साले सदियौंदेखि धोती, कुर्ता र पैजामा लगाउँदै आएकाले यसलाई राष्ट्रिय पोशाकको मान्यता दिनुपर्ने भन्दै जनमत सिरहाले गोलबजारमा र्यालिको आयोजना गरेको हो। 

मधेशमा पूर्वजहरुले नै यसलाई पोशाकको रुपमा लाउँदै आएको बताउँदै आज हाम्रो पहिचान बनेको जनमतका नेता संजय कुमार यादवले बताए। मधेश प्रदेशका पूर्व मन्त्रीसमेत रहेका यादवले भने, ‘धोती, कुर्ता, गम्छा मधेशी हावापानी, यहाँको पर्यावरण, संस्कार, संस्कृति बनेको छ। आज हामी आफ्ना सुविधा अनुसारका पोशाक लगाएपनि हाम्रो सवै रितिरीवाजमा धोती कुर्ताको प्रयोग अनिवार्य छ।’

उनले कुनैपनि देशभित्र विभिन्न संस्कार, संस्कृति र रितिरीवाज हुन्छ। त्यहाँ आ–आफ्नै खालका पहिरन पनि हुन्छ। यस्तो अवस्थामा निश्चित पोशाक (दउरा सुरुवाल)मात्र राष्ट्रिय पोशाक हुन नसक्ने भन्दै हाम्रो पहिचान, संस्कार, संस्कृतिसँग जोडिएको धोती कुर्ताले पनि राष्ट्रिय पहिचान पाउनु पर्ने बताए। 

धोती लाई अन्तराष्ट्रिय पहिचानको रुपमा स्थापीत गराउनलाई दिवसको रुपमा आयोजना गरेको पार्टीका केन्द्रिय सदस्य बालेश्वर यादवले जिकिर गरे। उनले भने, ‘पोसाककै कारण मधेशीहरुले हेला होचो सहनु पर्यो, अव हामी हाम्रो पोशाकलाई अन्तराष्ट्रिय करण गराउन चाहन्छौं, हामी प्रत्यक वर्ष यसैदिनलाई धोती दिवसको रुपमा मनाउँछौं।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित