घर–घरमै पुगेर नगर प्रमुख श्याम श्रेष्ठ कम्बल बाँड्दै

Picture of हरियो पाटी

हरियो पाटी

603
SHARES
826
VIEWS

सिरहा– तराई-मधेशका क्षेत्रमा केही दिनदेखि लगातार चलेको चिसो हावा, हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भईरहेकाबेला सिरहाको गोलबजार नगरपालिकाले अति विपन्न, असहाय जेष्ठ नागरिक र एकल महिलालाई लक्षितगरी घर–घरमै पुगेर न्यानो कपडा वितरण गरेको छ।

गोलबजार नगरपालिकाका वडा नम्वर ७ र ८ मा नगर प्रमुख श्याम कुमार श्रेष्ठले आज गाउँमै पुगेर शितलहर प्रभावित वृद्ध–वृद्धा तथा अति विपन्न एकल महिला परिवारलाई कम्बल वितरण गरेका हुन्।

कार्यक्रममा गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठले चिसोका कारण नागरिकको स्वास्थ्यमा कुप्रभाव पर्न सक्ने विषयलाई ध्यानमा राख्दै नगरपालिकाले राहत कार्यक्रम अघि बढाएको बताए।

उनले भने,चिसो मौसममा विपन्न, वृद्ध तथा असहाय नागरिक सबैभन्दा बढी प्रभावित हुन्छन्। नगरपालिकाले उनीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक सहयोग निरन्तर गर्ने बताए ।

जिल्ला समन्वय समितिका उपसभापत दिलिप कुमार लामाको उपस्थितिमा कम्बल वितरण गरिएको वडा नम्वर ७ का वडाअध्यक्ष हरिशरण ठाकुरले जानकारी दिए।
वडा नम्वर ७ का वडाअध्यक्ष हरिशंरण ठाकुरले वडाभित्र रहेका अति विपन्न तथा वृद्ध नागरिकलाई चिसोबाट जोगाउने उद्देश्यले कम्बल वितरण गरिएको जानकारी दिए।

उनले आगामी दिनमा पनि यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै वडामा करिब ३४२ जना नागरिकलाई कम्बल वितरण गर्ने योजना रहेको उल्लेख गरे। आज भने ६० जनालाई कम्बल दिएको वडाअध्यक्ष ठाकुरले जानकारी दिए।

त्यस्तै वडा नम्वर ८ का वडा अध्यक्ष देवनारायण महतोले चिसो मौसममा राहत सामग्री वितरण अत्यन्त आवश्यक रहेको बताउँदै, वृद्ध तथा असहाय नागरिकलाई कम्बल वितरणले उनीहरूको दैनिकीमा केही सहजता ल्याउने विश्वास व्यक्त गरे।

कम्बल वितरणकै क्रममा नगर प्रमुख श्रेष्ठले वडा नम्वर ८ निवासी विन्दा देवी सदायलाई श्रीमानको क्रियाखर्च बापत नगरपालिकाबाट २५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गर्दै व्यक्तिगत रूपमा तत्काल ५ हजार रुपैयाँ सहयोग गरेका छन।

फेकनी भन्ने विन्दादेविको श्रीमान शिव दयाल सदायको बुधबार मृत्यु भएको थियो। लामो समयदेखि रक्तचापका विरामी रहेका सदाय दुईदिन पहिले चिसोकोबेला कामगरिरहेकै बेला बेहोस भएकार ढलेका उनको मृत्यु भएको स्थानीय रामविलास सदायले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित