नगर प्रमुख श्रेष्ठको विशेष पहलमा तीन दिवसिय विशेषज्ञ स्वास्थ्य शिविर

Picture of हरियो पाटी

हरियो पाटी

568
SHARES
778
VIEWS

सिरहा– गोर्खा वेलफेयर ट्रष्टले सिरहाको गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठको विशेष पहलमा तीन दिवसिय विशेषज्ञ स्वास्थ्य शिविर सुरु गरेको छ। पूर्व छनौट तथा रेफरलमा आधारीत विशेषज्ञ स्वास्थ्य शिविरमा पालिका भरीका तीन सय नवासी जना अपाङ्गता भएका विरामीको स्वास्थ्य परीक्षण गरीने आयोजकले जनाएको छ।

शिविरमा पालिकाका स्वास्थ्य शाखाले स्वास्थ्यकर्मी परीचालन गरी पूर्व छनोट गरिसकेका विशेषरी अपाङ्गता भएका विरामीहरुलाई बिशेषज्ञ परीक्षण, कृतिम अङ्ग तथा सहयोगी सामाग्री वितरण, फिजियो थरापी, चालको तालिम लगायतका सेवा उपलब्ध गराउने ट्रष्टले जनाएको छ।
ट्रष्टले अहिले छनौट भएका विरामीहरुलाई आवश्यक कृत्रिम अङ्ग प्रदान गरेपनि यसको दिगोपनको लागि पालिकाले निरन्तरता दिनुपर्ने बताए। ट्रष्टका कार्यकारी निर्देशकले भने,

हामी अहिले आवश्यक परेका व्यक्तिहरुलाई कृत्रिम हात, खुट्टा दिन्छौं, त्यो ३–४ वर्षपछि काम नलाग्ने हुन्छ। त्यस्तो अवस्थामा पालिकाले उहाँहरुलाई सहयोग गर्नु पर्ने हुन्छ।’
नगर प्रमुख श्याम कुमार श्रेष्ठले शिविरको उद्घाटन गर्दै त्यस्ता व्यक्तिहरुको पहिचान गरी भविष्यमा आवश्यक पर्दा सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘हामी त्यस्ता सामाग्री आवश्यक पर्ने व्यक्तिहरुको पहिचान गरी आवश्यक सहयोगी संस्थाहरुको भविष्यमा पनि खोजी गछौं, नपाएको बखत नगरपालिकाले पनि सहयोग गर्छ।’उद्घाटन मन्तव्यको क्रममा नगर प्रमुख श्रेष्ठले आयोजकलाई आफ्नो पालिकामा आएर यस्तो महत्वपूर्ण शिविर आयोजना गरेकोमा धन्यवाद दिए।

नगरपालिकाको सहयोगमा अस्थाई कोभिडअस्पतालमा सुरु भएको शिविर ७ गते सम्म चल्ने आयोजकले जनाएको छ। आज पहिलो दिन १ देखि ४ नम्वर वडाका विरामीहरुको उपचार गरिएको छ।

भोलि आईतबार वडा नम्वर ५, ६, ७ र ८ का विरामीहरुको स्वास्थ्य जाँच गरीने आयोजकले जनाएको छ। ७ गते भने वडा नम्वर ९, १०, ११, १२ र १३ नम्वर वडाका विरामीहरुको स्वास्थ्यउपचार गर्ने आयोजकले जनाएको छ। विगत ५६ वर्षदेखि परोपकारी संस्थाको रुपमा कार्यरत यस संस्थाले जनसमुदायको क्षेत्रमा विशेषगरी स्वास्थ्य, शिक्षा र खानेपानीको क्षेत्रमा कार्य गरिरहेको जनाएको छ। व्यक्तिगत सहायताका रुपमा भने पूर्व ब्रिटिस आर्मीलाई विभिन्नखालका अत्यावश्यक सहयोग गर्दै आएको ट्रष्टले बताएको छ।

बार्षिक करिव ४ अरवको बजेट परिचालन गर्ने यस ट्रष्टले २२ वटा स्थायी कार्यालयबाट करिव पाच सय ५० जना कर्मचारीहरु परिचालन गरिरहेको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित