गोलबजारमा जसपा नेपालका गाउँ कमिटी अध्यक्षमाथि कुटपिट, गम्भीर घाइते

हरियो पाटी

हरियो पाटी

937
SHARES
1.3k
VIEWS

सिरहा, कार्तिक २६ – जनता समाजवादी पार्टी (जसपा) नेपालका गोलबजार ११का गाउँकमिटी अध्यक्ष राजेन्द्र साहमाथि आफ्नै गाउँकमिटी सह–सचिव र केही व्यक्तिहरूले कुटपिट गरेका छन्। कुटपिटमा परि अध्यक्ष साह गम्भीर घाइते भएका छन्।

घटनाका बारेमा प्रहरीले जानकारी दिएको अनुसार नगर कमिटीका सह–सचिव ललन कर्णेलगायतका केही शिक्षकहरूले निजी विद्यालयको लेनदेनको विवादका कारण अध्यक्ष साहमाथि आक्रमण गरेका हुन्। विवाद उत्कर्षमा पुग्दा उनीहरूबीच हातपात भएको र त्यसक्रममा कर्णेल र उनका साथीसँग रहेका व्यक्तिहरूले साहलाई निर्घात कुटपिट गरेको बताइएको छ।

कुटपिटका क्रममा साहको टाउकोमा कमनडलले प्रहार भएको र टाउकाेमा गम्भीर चोट लागेकाले उनलाई गोलबजारस्थित लाइफ-लङ हेल्थ केयर अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ।घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको स्थानीय प्रहरीले जनाएको हो ।

गाउँ कमिटी अध्यक्ष हुनुपर्नेमा अन्यथा भएकोले त्रुटि सच्याइएको छ,” सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित