काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूबाट कुनै आग्रह/पूर्वाग्रह नहुने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “मेरो तर्फबाट कुनै आग्रह/पूर्वाग्रह हुने छैन । नेपाल राष्ट्र र नेपाली जनतालाई एक ठाउँमा राखेर सम्पूर्ण तागतका साथ एक ठाउँमा राखेर एकतालाई अझ सुदृढ गर्ने, अझ विकसित गर्ने र प्रतिक्रियावादी षड्यन्त्र परास्त गर्न जस्तोसुकै मूल्य चुकाउन पनि तयार छु ।”
उनले जेनजी विद्रोहले गल्ती आत्मालोचना गर्न प्रेरित गरेको पनि बताए । उनले भने, “यदि जेनजी आन्दोलनले तीव्रताका साथ सुशासनको पक्षमा, भ्रष्टाचारका विरुद्ध र नेतृत्व रुपान्तरणका पक्षमा आवाज उठाएकाले सोच्न बाध्य भयौँ ।”
वस्तुगत र आत्मगत दुवै कारणले एकता अनिवार्य हुन गएको उनले स्पष्ट पारे ।


















Discussion about this post