बालेन्द्र शाहले विवादास्पद स्टाटस लेखेर केहीबेरमै हटए पछि ?

Picture of हरियो पाटी

हरियो पाटी

519
SHARES
711
VIEWS

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले मध्यरातमा आफ्नो सामाजिक सञ्जालमा प्रमुख देशहरू र राजनीतिक दलहरूलाई लक्षित गर्दै एक अत्यन्तै विवादास्पद स्टाटस लेखेर केहीबेरमै हटाएका छन्।

उनको उक्त अभिव्यक्तिको स्क्रिनसट अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

उक्त स्टाटसमा उनले अमेरिका, भारत र चीनजस्ता देशहरू तथा प्रमुख राजनीतिक दलहरूलाई लक्षित गर्दै आपत्तिजनक शब्द प्रयोग गरेका थिए।

शाहले आफ्नो फेसबुक पेजमा अमेरिका, भारत, चीन तथा एमाले, कांग्रेस, रास्वपा, राप्रपा र माओवादीलाई लक्षित गर्दै आपत्तिजनक तथा अशिष्ट शब्दहरू प्रयोग गरेका थिए।

उक्त स्टाटस पोस्ट भएको केही समयमै हटाइएको थियो। तर, सो अवधिसम्ममा धेरै प्रयोगकर्ताले त्यसको स्क्रिनसट लिइसकेका थिए। उनले हटाए पनि स्टाटसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

शाह बेलाबेला आफ्नै अभिव्यक्तिबाट विवादमा तानिरहन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित