गोलबजारमा चौथो दाजुभाइ भेट्रान्स खसी कपमा कर्मचारी भेट्रान्स विजयी

Picture of हरियो पाटी

हरियो पाटी

539
SHARES
738
VIEWS

गोलबजार, १४ असोज -विजया दशमीको अवसरमा सिरहाको गोलबजारमा आयोजित ‘चौथो दाजुभाइ भेट्रान्स खसी कप-२०८२’ फुटबल प्रतियोगितामा गोलबजार कर्मचारी भेट्रान्सले उपाधि हात पारेको छ।

गोलबजार स्पोर्ट्स क्लवको आयोजनामा सम्पन्न फाइनल खेलमा कर्मचारी भेट्रान्सले नन्दबाबा एकेडेमी भेट्रान्स कर्जन्हालाई १–० गोलले पराजित गर्दै खसी कप जित्न सफल भएको हो। गोलबजारका लागि जर्सी नं. १४ का खेलाडी साबिर चौधरीले निर्णायक गोल गरेका थिए।

प्रतियोगितामा विजयी गोलबजार कर्मचारी भेट्रान्सले २५ केजीको खसी उपहार पाएका छन् भने उपविजेता नन्दबाबा एकेडेमी कर्जन्हाले १६ केजीको खसी पुरस्कार स्वरूप प्राप्त गरेको क्लवका सचिव नरेश लामाले जानकारी दिए। विजेता टोलीलाई दलित महिला केन्द्र नेपालका कार्यकारी निर्देशक तेजेन्द्र लामा ‘कुमार’ ले २५ केजीभन्दा माथिको खसी हस्तान्तरण गरेका थिए भने उपविजेतालाई युवा व्यवसायी तथा प्रोपकारी गिट्टी बालुवा उद्योगका सञ्चालक प्रमोद कुमार यादवले १६ केजीभन्दा माथिको खसी प्रदान गरेका थिए।

फाइनल खेलको ‘म्यान अफ द म्याच’ गोलबजार कर्मचारी भेट्रान्सका जर्सी नं. ११ का खेलाडी कृष्ण शाक्य घोषित भए।

गोलबजार नगरपालिका–२ गुरुधामस्थित एकीकृत खेल ग्राममा सम्पन्न प्रतियोगितामा सिरहा र धनुषाका आठ वटा भेट्रान्स टोलीहरूको सहभागिता रहेको थियो।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा दलित महिला केन्द्र नेपालका कार्यकारी निर्देशक लामा ‘कुमार’ ले खेलकुदले भाइचारा, एकता र बन्धुत्वको सन्देश दिने भन्दै यस्ता प्रतियोगितामा सबैले सहयोग र सहभागिता गर्नुपर्ने धारणा राखे।

विजेता टोलीका कप्तान निरन्जन साक्यले भने, “यस खालका प्रतियोगिताले केवल खेलाडीलाई मात्र प्रेरणा दिँदैन, समुदायबीच आत्मीयता र मित्रता पनि बढाउँछ। हामीले जितेको पुरस्कारभन्दा ठूलो कुरा यहाँको सहभागिता र उत्साह हो। गोलबजारलाई खेलकुदको माध्यमबाट एकताको केन्द्र बनाउन हामी निरन्तर लाग्नेछौं,” भन्दै सबै खेलाडी, दर्शक र आयोजकलाई धन्यवाद ज्ञापन गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित