महोत्तरी, जलेश्वर ।
मधेश प्रदेशमा सञ्चालित प्रदेश स्तरीय विशेष पोषण कार्यक्रम आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी जलेश्वरमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न निकायका प्रमुख, स्थानीय तहका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायको सहभागीहरू उपस्थित रहेका थिए।
गोष्ठी कार्यक्रमको अध्यक्षता स्वास्थ्य निर्देशनालय, मधेश प्रदेशका निर्देशक सरोज चन्द्र न्यौपानेले गर्नुभयो। प्रमुख आतिथ्यका रूपमा उपस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशका माननीय मन्त्री शत्रुधन प्रसाद सिंहले उद्घाटन गर्नुभयो।
उद्घाटन मन्तव्य दिँदै मन्त्री सिंहले प्रदेशभरिको जनस्वास्थ्यमा सुधार ल्याउन पोषण कार्यक्रमलाई अझै व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले मुलुकमा कुपोषण अझै गम्भीर चुनौतीका रूपमा रहेको उल्लेख गर्दै सरकारले सञ्चालन गर्दै आएको पोषण कार्यक्रमलाई स्थानीय तह र समुदायस्तरमै पुग्ने गरी कार्यान्वयन गर्न निर्देशन दिनुभयो। साथै, यस्ता गोष्ठीमार्फत वार्षिक प्रगतिलाई मूल्यांकन गर्दै आगामी कार्ययोजना तर्जुमा गर्नु सकारात्मक अभ्यास भएको टिप्पणी गर्नुभयो।
त्यसैगरी, निर्देशक न्यौपानेले प्रदेशस्तरीय कार्यक्रमहरूको मूल्यांकनका माध्यमबाट उपलब्धि र कमजोरी पहिचान गर्न सकिने बताए। उहाँका अनुसार, यस आर्थिक वर्षमा विशेष पोषण कार्यक्रममार्फत आमसहित गर्भवती, सुत्केरी महिला, शिशु र बालबालिकामा देखिने पोषण सम्बन्धी चुनौती समाधान गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा प्रस्तुत प्रगति विवरणमार्फत जिल्लास्तरीय अवस्था, स्थानीय तहमा सामना भएका समस्या, उपलब्धि र सिकाइबारे पनि विस्तृत समीक्षा गरिएको थियो। सहभागीहरूले पोषण अभाव न्यूनीकरणका लागि स्थानीय सरकार, गैरसरकारी निकाय तथा समुदायबीच समन्वय र सहकार्य अझ मजबुत बनाउनुपर्ने सुझाव राखेका थिए।
सो अवसरमा सरोकारवाला निकायका प्रतिनिधिहरूले विशेष पोषण कार्यक्रमलाई दिगो बनाउन दीर्घकालीन रणनीति आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। साथै, महिला सशक्तीकरण, बालबालिकाको स्वास्थ्य सुधार, विद्यालयस्तरमै पोषण सचेतना अभियान विस्तार र गरिबी निवारणसँगै पोषणस्तर सुधारमा जोड दिनुपर्नेमा जोड दिइयो।
गोष्ठीमा सहभागीहरूले आगामी वर्षका लागि योजनाबद्ध कार्ययोजना तर्जुमा गर्ने, विगतका कमजोरी सच्याउने र सफल अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
👉 हरियाेपाटी डटकम
Discussion about this post