गोलबजारमा अनुदानको मल गोदाममा, किसानलाई दोब्बर मूल्यमा बिक्री

हरियो पाटी

हरियो पाटी

612
SHARES
839
VIEWS

सिरहा, गोलबजार – सिरहाको गोलबजार नगरपालिका-६ मा किसानलाई वितरणका लागि आएको अनुदानको रासायनिक मल तस्करको गोदाममा भेटिएको छ।

स्थानियवासीका अनुसार मुकेश बिज भण्डारका सञ्चालक कौशल महतो उहाको दाजु बिनोद महतोले किसानका लागि आएको सो मल अवैध तरिकाले गोदाममा राखी दोब्बर मूल्यमा बिक्री गर्दै आएका छन्। बजारमा एक हजार रुपैयाँ पर्ने मललाई उनले दुई हजार एक सय रुपैया देखि दुई हजार पाचसय रुपैयाँमा किसानलाई बेच्ने गरेको आरोप स्थानीयले लगाएका छन्।

किसानका लागि अनुदानमा आएको मल महँगो मूल्यमा बिक्री हुँदा कृषकहरू मारमा परेका छन्। तर, यसतर्फ न त स्थानीय सरकार, न त प्रहरीले चासो दिएको देखिएको स्थानीयको गुनासो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित