काठमाडौँ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ ।
आन्दोलनकारीले निजी निवास डल्लुस्थित घरमा आगजनी गर्दा रवि लक्ष्मी जलनमा परेकी थिइन् । सोही दिन उनलाई सैनिक अस्पताल हुँदै कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो ।
उपचारका क्रममा उनको देब्रे हात काटिए पनि सोचेअनुसार स्वास्थ्यमा सुधार हुन सकेन । पछिल्लो समय उनलाई निमोनिया समेत देखिएपछि थप उपचारका लागि भारत लैजान चिकित्सकले समेत सुझाव दिएको बताइएको छ ।
स्रोतका अनुसार नेता खनाल र छोरा निर्भिक पनि उनीसँगै दिल्ली प्रस्थानको तयारीमा छन् । सोमबार राति १० बजे उनीहरू भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गर्ने गरी प्रस्थान गर्दै छन् ।
Discussion about this post