लहानमा आमा छोरा मृत भेटीए, ९ महिने छोराको अवस्था गम्भिर

Picture of हरियो पाटी

हरियो पाटी

535
SHARES
733
VIEWS

लहान, १७ भदौ। सिरहाको लहान नगरपालिका १ मटियर्वामा कुहिन लागेको अवस्थामा आमा छोरा मृत अवस्थामा फेला परेका छन्। लहान नगरपालिका १२ भोटियाटोल घरभई मटियर्वामा घरभाडालिएर बस्दै आएका प्रविण चौधरीको २३ वर्षिय श्रीमति रञ्जिता चौधरी र ५ वर्षिय छोरा एरोज चौधरी घरभित्रै मृत भेटिएको हो।
सँगै रहेका अर्का ९ महिनाको छोराको अवस्थाभने गम्भिर रहेको छ। उनको प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ।

रञ्जिताले दुवै छोरालाई विष ख्वाएर आफूले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी कैलाश राईले जानकारी दिए।

उनले भने, ‘शवको प्रकृति हेर्दा रञ्जिताले दुवै छोराहरुलाई विष सेवन गराएर आफूले पनि पासो लगाएर आत्महत्या गरेको जस्तो देखिन्छ। बाँकी पोष्टमार्टम र अनुसन्धानबाट खुल्दै जाने छ।’

घरमा चहल पहल नदेखेपछि स्थानीयले खुल्ला रहेको झ्यालबाट भित्रहेर्दा रञ्जिता झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खवर भएको प्रहरीको भनाई छ।
श्रीमान प्रविण चौधरी भने ३–४ दिन देखि डेरामा नआएको स्थानियलाई उद्धरित गर्दै प्रहरीले बताए। उनी अझै सम्पर्कमा आाएका छैनन्।

शवबाट गन्ध आउन थालेकोले हिजो नै घटना भएको हुने सक्ने डीएसी राईले जानकारी दिए।
प्रविण र रञ्जिता विगत २ वर्ष देखि घर छोडेर लहान बजारमा बस्दै अदै आएको लहान १२ का वडा अध्या बद्रिनारायण चौधरीले जानकारी दिए। उनले भने, ‘मसँग पनि विस्तृत जानकारी छैन। तर उनी करिव २ वर्ष देखि लहानमा बस्दै आएको भन्ने जानकारी पाएको छु।’
प्रविण भने लहान बजारमै ज्याला मजदुरीको काम गर्ने गरेको बताइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित