गोलबजारमा भूमी बेधेकविरुद्ध जसपाको विरोध र्‍याली

Picture of हरियो पाटी

हरियो पाटी

554
SHARES
759
VIEWS

सिरहा, भदौ १२।
भू–माफियाद्वारा भईरहेको भूमी बेधेकको गतिविधिको विरोधमा आज सिरहाको गोलबजारमा विरोध र्‍याली निकालिएको छ।

जनता समाजवादी पार्टी (जसपा) सिरहा जिल्ला अध्यक्ष अशोक यादवको नेतृत्वमा भएको उक्त विरोध र्‍याली गोलबजार नगर परिक्रमा गरिएको थियो। र्‍यालीमा सहभागीहरूले “भूमी बेधेक रोको”, “भूमि माफियालाई कारबाही गर” लगायतका नारा लगाएका थिए।

नेता यादवले भूमी बेधेकको गतिविधि स्थानीयबासीको हक–अधिकारमाथि आक्रमण भएको बताउँदै तत्कालै रोक्न सम्बन्धित निकायलाई आग्रह गरे। साथै, भूमी माफियासँग मिलेका अधिकारी र दलाललाई समेत कानुनी दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए।

विरोध कार्यक्रममा स्थानीय दलका नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित