भारतको बिहारमा ‘हाईअलर्ट’, नेपालमार्ग हुँदै आतंकवादी प्रवेश गरेको आशंका

Picture of हरियो पाटी

हरियो पाटी

523
SHARES
717
VIEWS

पटना, भदौ १२ – भारतको बिहार राज्यमा सुरक्षा निकायहरूले उच्च सतर्कता अपनाएका छन् । नेपालमार्ग हुँदै आतंकवादी प्रवेश गरेको सूचनापछि बिहीबार बिहानैदेखि राज्यभर ‘हाईअलर्ट’ जारी गरिएको हो।

भारतीय सुरक्षास्रोतका अनुसार पाकिस्तानका रावलपिण्डी, उमरकोट र बहावलपुरका आतंकवादीहरू नेपाल हुँदै भारत पस्ने योजनामा रहेको खुफिया जानकारी प्राप्त भएपछि बिहारको भारत–नेपाल सीमा क्षेत्रमा सुरक्षा कडा पारिएको छ।

नेपालसँग जोडिएका सीतामढी, मधुबनी, पुर्णिया, अररिया, किशनगंजलगायतका नाकाहरूमा सुरक्षाकर्मीको चेकजाँच कडा पारिएको छ। यात्रुहरूको कागजात अनिवार्य रूपमा जाँच गरिँदैछ भने सीमा क्षेत्रमा हिँडडुल गर्नेहरूमाथि विशेष निगरानी राखिएको छ।

यसअघि भारतीय प्रहरी तथा केन्द्रीय सुरक्षा एजेन्सीहरूले आतंकवादीहरूको स्केच सार्वजनिक गरेका थिए, जसमा तीन जनाको पहिचान ‘हसनैन अली (रावलपिण्डी)’, ‘आदिल हुसेन (उमरकोट)’ र ‘मोहम्द उस्मान (बहावलपुर)’ भएको छ।

भारत–नेपाल सीमाना खुला भएकाले आतंकवादी गतिविधि र गैरकानुनी प्रवेशमा चुनौती बढेको भन्दै स्थानीय प्रशासनले आमजनतालाई पनि सतर्क रहन आग्रह गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित