गोलबजार सरसफाई अभियानलाई मेयर श्यामकुमार श्रेष्ठद्वारा ५० हजार सहयोग”

Picture of हरियो पाटी

हरियो पाटी

542
SHARES
742
VIEWS

सिरहा, ७ भदौ। गोलबजारलाई सफा, सुन्दर र स्वस्थ नगर बनाउन सक्रिय युवाको अभियानलाई साथ दिने प्रतिबद्धता जनाउँदै गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठले तत्काल ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

गोलबजार श्रमदान तथा सरसफाई युवा समूहको प्रथम बार्षिकोत्सवको अवसरमा शनिवार गोलबजार–४ बरपीपलचौकमा आयोजित अन्तरक्रियामा मेयर श्रेष्ठले नगरलाई सफा, सुन्दर र हराभरा बनाउन युवाले देखाएको सक्रियता सराहनीय भएको बताए।

उनले भने, “नगरपालिका आफैंले चाहेजति गर्न नसकेको अवस्थामा तपाईंहरू युवाले देखाउनुभएको अग्रसरता साँच्चिकै प्रेरणादायी छ। यस अभियानलाई नगरपालिका सहयोग र सहकार्य गर्न सदैव तत्पर छ।”

सो अवसरमा मेयर श्रेष्ठले सबै वडाहरुलाई पनि सरसफाई अभियानमा सहयोग गर्न निर्देशन दिने प्रतिवद्धता जनाएका थिए।

अन्तरक्रियामा सिरहा जिल्ला समन्वय समितिका उपसभापति दिलिप लामाले युवाको कामको उच्च प्रशंसा गर्दै अभियानलाई अझै वृहत् रूपमा अघि बढाउनुपर्ने सुझाव दिए। गोलबजार–३ का वडाध्यक्ष धनप्रसाद लामा, पूर्व वडाध्यक्ष तथा मजदुर नेता रामपुकार कामती, सरसफाई अभियानी विष्णु साँपकोटा, केदार थापा, पूर्व शिक्षक गंगा साहलगायतले पनि आफ्ना धारणा राखेका थिए।

कार्यक्रमको अवसरमा समाजका विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउने व्यक्तित्वहरुलाई दोसल्ला र भेष्ट अर्पण गरी सम्मान गरिएको थियो।

रक्तदान कार्यक्रम समेत
बार्षिकोत्सवकै अवसरमा नेपाल रेडक्रस लहानसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो। २५ जनाभन्दा बढी स्थानीय युवा, व्यवसायी तथा बुद्धिजीवीले रक्तदान गरेका छन्। समूहका संयोजक औतारी लामाका अनुसार यो अभियानलाई नियमितरूपमा निरन्तरता दिइनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित