सिरहामा उखु किसानको प्रदर्शन, टायर बालेर १ घण्टा सडक अवरुद्ध

Picture of हरियो पाटी

हरियो पाटी

542
SHARES
743
VIEWS

सिरहा, साउन २१ – उखु अनुदान भुक्तानीको माग गर्दै सिरहाको चोहर्वा सडकखण्डस्थित हिमाल चिनी मिलअगाडि उखु किसानहरूले मगलबार विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनको क्रममा आन्दोलनकारीहरूले सडकमा टायर बालेर झण्डै १ घण्टा सडक अवरुद्ध गरे। उनीहरूले कृषि मन्त्री र सरकारविरुद्ध चर्का नाराबाजी गर्दै आफ्नो माग तत्काल पुरा गर्न सरकारलाई दबाब दिएका छन्।

आन्दोलनका अगुवा रामनारायण सिंहले चेतावनी दिंदै भने, “सरकारले हाम्रो माग समयमै पूरा गरेन भने हामी चरम बेमियादी आन्दोलनमा जान बाध्य हुनेछौं।”

सरकारले उखु किसानलाई दिइने अनुदान कटौती गरेपछि आफूहरू आन्दोलनमा उत्रिनु परेको अर्का अगुवा अमरनाथ यादवले बताए। उनका अनुसार सरकारले पटक–पटक आश्वासन दिए पनि व्यवहारमा कार्यान्वयन नगरेपछि किसानहरू आक्रोशित बनेका हुन्।

किसानहरूले सरकारसँग अविलम्ब अनुदान भुक्तानीको माग गर्दै थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी गरिरहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित