पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

हरियो पाटी

हरियो पाटी

519
SHARES
711
VIEWS

सुनसरी । इटहरी उपमहानगरपालिका– २ स्थित ट्याङ्ग्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको छ । मृत्यु हुनेहरूमा संखुवासभाको चैनपुर नगरपालिका–१ घर भई इटहरीमा बस्दै आएका ११ वर्षीय क्रिश्वास लिम्बु र इटहरी–३ का ८ वर्षीय दिप्सन चौधरी रहेका छन् ।

उनीहरू आइतबार गते दिउँसो खोलामा पौडी खेल्न गएका थिए । खोलामा डुबेको अवस्थामा उनीहरूको उद्धार गरी उपचारका लागि तत्काल अस्पताल पुर्याइएको थियो। क्रिश्वास लिम्बुलाई विराटनगरस्थित विराट मेडिकल कलेज र दिप्सन चौधरीलाई नोबेल अस्पताल लगिएको थियो।

तर, उपचारकै क्रममा दुवैको ज्यान गएको प्रहरीले जनाएको छ। यस घटनाबारे इलाका प्रहरी कार्यालय इटहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित