सुखिपुरबाट सात क्वीन्टल भन्दाबढी अवैध गाँजा बरामद

Picture of हरियो पाटी

हरियो पाटी

524
SHARES
718
VIEWS

सिरहा, २ साउन। सिरहा प्रहरीले सुखिपुरबाट शुक्रवार विहान सात क्वीन्टल १७ किलो किलोग्राम लागु औषध गाँजा बरामद गरेको छ। सुखिपुर नगरपालिका ४ पोखरिया का ६० वर्षिय मेदि यादवको घरबाट उक्त तौलभएको २७ पोकाका गाँजा बरामद गरेको हो।

मेदि यादवको घरमा गाँजा लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको अधारमा प्रहरी चौकी  सिलौर्वापछवारी र सशस्त्र प्रहरी बेस क्याम्प सुखिपुरबाट गएको संयुक्त टोलीले  चेकजाँच गर्ने क्रममा मेदि यादवको घर भित्र २६ पोका गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी बीरेन्द्र कुमार पासवानले जानकारी दिए।

गाँजा बरामद भएपनि गाँजा राखिएको घरधनीभने फरार रहेको छ। उनको खोजतलास भईरहेको छ।

खोज तलासकै क्रममा पछि थप एक पोका फेला परेको प्रहरीले जनाएको छ। बरामद गाँजा आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय ल्याउँदै छ। प्रहरीले यस सम्वन्धमा अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित