धान रोप नई पायब, आव भरोसा टुइटगेल’

हरियो पाटी

हरियो पाटी

520
SHARES
713
VIEWS

महोत्तरी । समयमा वर्षा नभएपछि मुख्यबाली धान लगाउन नपाएको भन्दै यहाँका किसानले चिन्ता व्यक्त गरेका छन् ।असार तेस्रो साता लागिसक्दा पनि पानी नपरेपछि आकाशे पानीको भरमा खेती गर्ने किसान चिन्तित बनेका हुन् ।आव बुझाइय, धान रोप नई पायब, अखाड सेहो २२ भगेल, आव भरोसा टुइटगेल” (अब धान रोप्न पाइन्न क्या र ! असार पनि २२ भइसक्यो, अब आश टुट्यो) आकाशतिर फर्कँदै भङ्गाहा–४ थारुटोलकी रामसुनरदेवी चौधरीले भनिन्, “इ कोन समय आयल, किछ नई बुझाइय”(यो कस्तो समय आयो, केही बुझ्न सकिएन ।)

धान लगाउन नपाएपछि यहाँका अधिकांशको एउटै चिन्ता छ, ‘अबको गुजारा कसरी चलाउने होला ?’ मुलुकका कतिपय भेगमा मध्य असारअघि रोपाइँ सकिएको खबर सुन्दा यहाँका किसान भने यो वर्ष रोपाइँ गर्न पाइन्छ वा पाइँदैन भन्नेमा चिन्तित छन् ।

सुनैछी कतेको जग रोपनी भगेल, मुदा अपन त एको गब नई लागल” (सुन्छौँ, कैयन ठाउँमा रोपाइँ भइसक्यो, तर आफूmले त एक गब पनि रोप्न पाइएको छैन) भङ्गाहा–४ टोकाहाका राजकुमार दासले भन्नुभयो, “बारिसको कोनो लक्षणकरम नई दिखाइय” (पानी पर्ने त कुनै लक्षण नै देखिँदैन ।लामो खडेरीले ब्याडको बीउ पनि पहेँलिएर सुक्दै गएपछि आफूहरूलाई अब पर्ने पानीले पनि राहत दिने अवस्था नरहेको किसान बताउँछन् । “अब पानी परिहाले पनि बीउ अपुग हुन्छ, पहेँलिएको बीउ बौरिन समय लाग्छ”, बर्दिबास–९ पशुपतिनगरका रामचन्द्र थापा मगरले भने, “यो खेतीपाती भनेकै दुख्याहा कर्म रहेछ ।”

धान रोप्न नपाएपछि किसानलाई असारमास चलिरहेको भन्न पनि मन छैन । “असार मासलाई घरमा मरेको मान्छेको शव छोपछाप गरेर रोपाइँमा निस्कने बेला भन्ने स्थापित भनाइ छ, तर हामी त आकाश ताकेर बसेका छाैँ ”, बर्दिबास–६ कृष्णपुरका बलराम कार्कीले भने, “खेतमा पानी भए न असार लाग्ने हो, न पानी छ, न असारको काम ।” असार पनि घर्किँनै लाग्दासम्म रोपाइँको कुनै छाँट नदेखिएपछि के गर्ने भन्ने सोच्न नसकिएको उनले बताए ।

पानी नपरेर समयमा खेती लगाउन नपाएको चिन्ताले अहिले यहाँका किसान दोधारमा छन् । असार २२ सम्म पानी नपर्दा यहाँका किसानले धानको गबो सम्म लगाउन पाएका छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित