एउटै खाडलमा पुरिएको अवस्थामा किशोर-किशोरी शव फेला

हरियो पाटी

हरियो पाटी

532
SHARES
729
VIEWS

३० असोज, दाङ । दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा किशोर-किशोरी शव फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका- १३ दमार गाउँकाे जंगलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए ।

वडा अध्यक्ष मोहन पौडेलका अनुसार उनीहरु तीन दिनअघि (असोज २७ गते) साँझ घरबाट हराएका थिए । उनीहरुको शव आइतबार जंगलमा गाडिएको अवस्थामा फेला परेको हो ।

घटना शंकास्पद भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित